सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

२ फागुन, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको दोधराचाँदनी नगरपालिका-७ की ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो।

frontline

सुगर र दमसम्बन्धी समस्या लिएर अस्पताल भर्ना भएकी उनलाई परीक्षण गर्दा माघ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको आईसीयूमा राखेर उपचार भइरहेकोमा आइतबार ८:४५बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here