सूर्यविनायक जंगलमा फेला पर्‍याे हड्डी र कंकालहरू

भक्तपुर । भक्तपुरको सूर्यविनायक जंगलमा मानव शरीरजस्तो देखिने हड्डी र कंकालहरू फेला परेको छ ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको टोलीले शुक्रबार जंगलमा रहेको काफलको रूखमुनि  हड्डी र कंकालहरू फेला पारेको हो ।

frontline

काफलको रूखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुन्डिरहेको, सोही रूखको तल भुइँमा मानवको जस्तो देखिने दुईवटा लामोलामो हड्डीहरू रहेको, रातो रंगको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरू यत्रतत्र छरिएर रहेको फेला पारेको प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए ।

कंकाल र हड्डीहरूलाई संकलन गरी परीक्षणका लागि काठमाडाैं मेडिकल कलेज दुवाकोट, भक्तपुरमा पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here