सूर्यगढी गाउँपालिकामा जन्मिएका छोरीलाई भत्ता

११ माघ, नुवाकोट  । जनतालाई देशमा स्थानीय सरकार छ भन्ने आभाष दिलाउन नुवाकोटको उत्तरी भेगको सूर्यगढीमा जन्मिएका छोरीलाई भत्ता दिन सुरु गरिएको छ। यसबाट छोराछोरीबीचको भेदभाव अन्त्य हुने निष्कर्ष निकालिएको छ।

छोरीको सुरक्षा र शिक्षाका लागि सूर्यगढी गाउँपालिकाले छोरीलाई मासिक १ सय रुपैयाँ भत्ता दिन थालेको हो। गाउँपालिकाभित्र जन्मिएका छोरीहरूको खातामा मासिक १ सय रुपैयाँ जम्मा गरिन थालेको गाउँपालिकाको कार्यालय चोकदेले जनाएको छ।

frontline

बढ्दो रूपमा रहेको भ्रुण हत्यालाई न्यूनीकरण गर्न  र आमाको स्वास्थ्यमा समेत सुधार ल्याउनलाई गाउँपालिकाले चालू आर्थिक वर्षदेखि छोरी जन्मिएमा मासिक १ सय रुपैयाँ दिने व्यवस्था गरेको हो।

छोरा र छोरीबीचमा हुने गरेको भेदभाव कायमै रहेकाले त्यसलाई अन्त्य गर्न गाउँपालिकाले उक्त कार्य सुरु गरेको गापा अध्यक्ष सन्तबहादुर घलेले बताए। 

छोरीको जन्मपछि जन्मदर्ता गर्नुपर्ने र जन्मदर्ता गरेपछि गाउँपालिकाले उक्त बालिकाको नाममा मासिक भत्ता जम्मा गरिदिने अध्यक्ष घलेले बताए।

उनले भने, ‘बालिका ८ वर्षको नहुन्जेलसम्म मासिक १ सय रुपैयाँ गाउँपालिकाले जम्मा गरिरहने व्यवस्था गरेका छौं। ८ वर्ष भएपछि मात्रै जम्मा रकम झिक्न पाइनेछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here