सुर्खेत वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा आजदेखि कर्णाली उत्सव

५ फागुन, सुर्खेत । ‘कर्णाली उत्सव कुडा कर्णाली’को चौथो संस्करण सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा आजदेखि सुरु हुँदैछ । तीन वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कर्णाली उत्सव ‘कुडा कर्णालीका’को चौथो संस्करण आइतबारसम्म चल्ने छ ।

कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोको रुपमा उत्सव रहने आयोजक कमिटीका संयोजक कमल लम्सालले बताए ।

frontline

उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने उत्सवमा १६ वटा विषयगत सत्रहरू सञ्चालन हुनेछन् । त्यस्तै पैकेलोका कथाहरू, लोकबाजाका प्रस्तुतिहरूसँगै विभिन्न विषयमा छलफल हुनेछन् ।

आज बिहान ११ बजे उत्सवको उदघाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्नेछन् । त्यसअघि बाजासहित र्‍याली निकालिएको छ ।

उदघाटन सत्रमा कर्णाली उत्सवको चौथो संस्करणसम्मको यात्रा, वीरेन्द्रनगरमा स्वागत, हामी कसरी जोडियौं, कर्णाली उत्सवदेखि लाम्रा संवादसम्म लगायतका उत्सवसँग सम्बन्धित विषयमा यसमा जोडिएका व्यक्तिहरूबाट प्रस्तुति रहने आयोजकले जनाएको छ ।

साथै जुम्लाको तातोपाली गाउँपालिकाका स्थानीयहरूको पञ्चेबाजा पनि प्रस्तुत गरिनेछ । उत्सवको पहिलो दिन शुक्रबार ६ वटा बहसमूलक सत्र सञ्चालन हुनेछन् ।

जसमा कर्णाली चिन्तन, कर्णाली खेल्दोछ, यो सहर ः त्यो सहर, भोट–भेट, शिक्षा र समर्पण रहेको आयोजक संस्था ऋति फाउन्डेशनका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here