सुर्खेतमा प्रदेश रंगशालाको शिलान्यास

२१ मंसिर, दैलेख ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार दर्शक अट्ने क्षमताको प्रदेश रंगशाला निर्माण सुरु भएको छ ।

कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि सारेको कर्णाली प्रदेश रंगशालाको शिलान्यास गरिएको छ ।

frontline

सोमबार एक कार्यक्रमका बीच कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले रंगशाला निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

रंगशाला निर्माणका लागि कात्तिक अन्तिम साता कर्णाली खेलकूद विकास परिषद् र निर्माण कम्पनी एमएसीजीएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौँबीच सम्झौता भएको थियो ।  

कर्णाली प्रदेश सरकारले असार १६ गते रंगशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रुपमा निर्माण अघि बढाउने निर्णय गरेको थियो ।

सोहि अनुसार रंगशाला निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक ग्लोबल टेण्डर आव्हान गरेको थियो । टेन्डर प्रक्रियामा सहभागी भएका ६ कम्पनीमध्ये एमएसीजीएसएल ज्वाइन्टभेन्चर छनोट भएको थियो ।

रंगशाला शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा लिएको प्रदेश रंगशाला निर्माणको काम निर्धारित समयसीमा भित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । ‘

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना कर्णालीले गर्नुपर्नेछ, त्यस अगाबै हाम्रा पूर्वाधारहरु व्यवस्थित भइसक्नुपर्छ,’ मुख्यमन्त्री शाहीले भने ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार एक अर्ब ५९ करोड ४७ लाखको लागतमा निर्माण हुने रंगशाला १० हजार दर्शक अट्ने क्षमताको बनाइनेछ । निर्माण कम्पनीलाई ३० महिनामा काम सम्पन्न गर्ने कार्यादेश छ ।

रंगशालाभित्र खेल सञ्चालनका लागि आवश्यक पर्ने सबै अत्याधुनिक संरचनाहरु निर्माण हुनेछन् । रंगशालामा संरचनाहरू भुकम्प प्रतिरोधक बनाइनेछ ।

भौतिक संरचनाको अभावमा यहाँको खेलकुद क्षेत्र विकास हुन नसकेका बेला रंगशाला निर्माणले कर्णालीका खेलाडीहरु उत्साही बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here