सुनको मूल्य मंगलबार केही घट्यो
स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदी मूल्य केही घटेको छ। सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। मंगलबार बिहानदेखि घटेको मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ थियो।
यसैगरी तेजाबी सुन भने १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ मात्र घटेको छ। यो प्रतितोला १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्