सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कति पुग्याे तोलाकाे?

स्थानीय बजारमा आज विहिबार पनि सुनको मूल्य बढेको छ। अघिल्लो दिन ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

frontline

यसअघि गत भदौ १२ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here