सुदूरपश्चिमका ३ सय ५२ मतदान स्थल अति संवेदनशील

२० कात्तिक, डोटी । सुदूरपश्मित प्रदेशभित्रका एक हजार एक सय ६१ मतदान स्थलमध्ये ३ सय ५२ अति संवेदनशील मानिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले दिएको जानकारी अनुसार ४ सय ४ मतदान स्थल संवेदनशील र चार सय पाँच स्थल सामान्य रहेका छन् ।

frontline

कैलालीका दुई सय ३७ मतदानस्थलमध्ये ५३ अति संवेदनशील, १ सय ३१ संवेदनशील र ५३ सामान्य अवस्थामा रहेका छन् ।

यस्तै, कञ्चनपुरमा ६६ अति संवेदनशील, २६ संवेदनशील र ४० सामान्य अवस्थाका मतदान स्थल छन् । यस जिल्लामा एक सय ३२ मतदान स्थल रहेका छन् । बाजुराका ७० मतदान स्थलमध्ये ४३ अति संवेदनशील, २३ संवेदनशील र चार सामान्य रहेका छन् ।

डडेल्धुराका १ सय १ मतदान स्थलमध्ये २३ अति संवेदनशील, ४१ अति संवेदनशील र ३७ सामान्य मतदान स्थल रहेका छन् । बझाङ्गका १ सय ३५ मतदान स्थलमध्ये ५६ अति संवेदनशील, ५८ संवेदनशील र ७६ सामान्य रहेका छन् । डोटीमा अति संवेदनशील नौ, संवेदनशील ३० र सामान्य ७६ गरि एक सय १५ मतदान स्थल रहेका छन् ।

अछामका १ सय ३० मतदान स्थलमध्ये अति संवेदनशील ६०, संवेदनशील ५० र सामान्य २० मतदान स्थल रहेका छन् । बैतडीका १ सय २९ मतदान स्थलमध्ये ३१ अति संवेदनशील, ३४ संवेदनशील र ६४ सामान्य स्थल रहेका छन् ।

यस्तै, दार्चुलामा अति संवेदनशील ११, संवेदनशील ११ र सामान्य ९० गरि एक सय १२ मतदान स्थल रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा कुल दुई हजार एक सय ४६ मतदान केन्द्र रहेका छन् । जसमा अति संवेदनशील सात सय १०, संवेदनशील सात सय ७८ र सामान्य ६ सय ५८ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here