सुदीप न्यौपानेको परिवारलाई भेट्न पुगे भारतीय राजदूत

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन् । राजदूत श्रीवास्तवले आइतबार परिवारलाई भेटेर हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

भेटमा उनले पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाईंमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन दिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

frontline

 गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । 

नवीन श्रीवास्तव |पहलगाम हमला |सुदीप न्यौपाने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here