सुडानका अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्डोकलाई शर्तसहित पुनर्बहाली गरिने

६ मंसिर, एजेन्सी । सैनिक विद्रोहबाट अपदस्थ सुडानका अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्डोकलाई शर्तसहित पुनर्बहाली गरिने भएको छ ।

गत महिना सैनिक विद्रोहका क्रममा घरमै नजरबन्दमा रहनु भएका प्रधानमन्त्री हाम्डोकलाई पुनर्बहाली गर्न लागिएको हो । उहाँसँगै सबै राजनीतिक बन्दीहरूलाई पनि रिहा गरिने भएको छ ।

frontline

सेना, नागरिक नेताहरू र पूर्व विद्रोही समूहहरू बीचको नयाँ सम्झौतापछि सुडानमा नयाँ राजनीतिक अध्याय सुरु भएको मध्यस्थकर्ताहरुले बताएका छन् । थप रक्तपात रोक्न प्रधानमन्त्री हाम्डोक सेनासँग सम्झौता गर्न तयार भएको उहाँको नजिकका स्रोतलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सैन्य र नागरिक राजनीतिक दलहरू बीचको नयाँ सम्झौता अन्तर्गत, हाम्डोकले प्राविधिकहरूको स्वतन्त्र मन्त्रिपरिषद् गठन गर्ने वार्तामा सहभागी उमा पार्टीका प्रमुख फदलाल्लाह बर्मा नासिरले बताए । गत २५ अक्टोबरमा सुडानको सेनाले आपतकालको घोषणा गर्दै नागरिक सरकार विघटन गरेको थियो ।

सेनाले सत्ता हत्याएपछि हप्तौंसम्मको जनविरोध प्रदर्शनका क्रममा कम्तिमा ४० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here