सुक्खा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

सान्केतिक तस्बिर

धादिङ, २१ असोज (रासस) ः गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो ।

frontline

यातायात अवरुद्ध हुँदा दसँैका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ ।

यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here