सियारीमा ९५ प्रतिशत योजना सम्झौता, ६० योजना सम्पन्न

रुपन्देही । सियारी गाउँपालिकाले ९५ प्रतिशत योजनाको सम्झौता गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित गरेका योजना मध्ये ९५ प्र्रतिशत योजनाको सम्झौता गरी कामको सुरुवात गरिसकेको जनाएको छ । 

सम्झौता भएका १७८ योजना मध्ये ६० वटा योजनाको निर्माण सम्पन्न भइसकेको योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी दिए । सियारीले सडक, नाली, कल्भट, भवन तथा आवास निर्माण, धर्मशाला निर्माण लगाएतका पुर्वाधार निर्माणका काम तिव्र रुपमा अगाडि बढेको योजना शाखा प्रमुख पुरीले जानकारी दिए ।

frontline

उनले असार मसान्त भित्रै योजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम भईरहेको उल्लेख गर्दै सम्पन्न भएका योजनाको भुत्तानी दिने काम पनि भईरहेको जानकारी दिए ।  गाउँपालिकाले पालिका भित्र सुरु भएका बिकास निर्माणका कामको अनुगमनलाई पनि तिव्रता दिएको छ । पालिकाले बिभिन्न उपभोक्ता समुह तथा ठेक्का सम्झौता मार्फत निर्माण वयवसायिले सुरु गरेका बिकास निर्माणका कामको गुणस्तर तथा कामको प्रगतीबारे बुझ्नका लागि अनुगमनलाई तिव्रता दिईएको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक तारा थारुले जानकारी दिईन । 

उनले गाउँपालिकाले सुरु गरेको योजनाको भुत्तानी गर्नु पुर्व सबै योजनाको अनुगमन गर्ने गरिएको बताउदै समयमै काम नगर्ने तथा गुणस्तरहिन काम गर्ने उपभोत्ता समिति तथा निर्माण व्यवसायिको कुनै पनि रकम भुक्तानी नहुने बताईन । उपाध्यक्ष थारुको संयोजकत्वमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, आर्थिक प्रशाशन शाखा प्रमुख नारायण प्रसाद पौडेल, सम्बन्धित बडाका जनप्रतिनिधि लगाएतले निर्माणधिन योजनाको अनुगमन गर्ने गरेका छन् । सियारीमा गाउँपालिका स्तरका १० करोड ७१ लाख ६९ हजार बराबरका तथा वडा स्तरमा ७ करोड २१ लाख बराबरका योजना निर्माणको चरणमा रहेका छन् । 

सियारीले सडक निर्माण, कुलो निर्माण, बाध निर्माण, भवन तथा आवास नर्माण, बिद्यालयका भवन निर्माण लगाएतका कामलाई प्राथमिकतामा राखेको जनाएको छ । काम भईरहेका योजना मध्ये ३३ वटा योजनाको पेश्की निकासा भईसकेको तथा ६ वटाको रनिङ वील अगाडि बढेको जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here