सिन्धुलीमा खानेपानीको चरम लापर्बाही,स्थानीयबासी पीडित

१५ भदौ, सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा शिद्धेश्वर खानेपानीबाट प्रयाप्त स्वच्छ खानेपानी प्राप्त गर्न नसकेपछि स्थानीयबासी पीडित भएका छन् ।

स्थानीयबासीले धारामा खानेपानी नआएपनि प्रत्येक महिना चर्को बिल तिर्न भने बाध्य भएकाे बताएका छन् । सिन्धुलीमाडीका उपभोक्ताहरु वर्षायामको समयमा कैयाैं दिन पानी आपूर्ति नहुने, पानी धारामा आएपनि धमिलो र पिउन लायक नहुुने भएका कारण स्थानीयबासी पीडित बनेका हुन् ।

frontline

फोहोर पानी पिएकै कारण विगतमा १० जनाको सिन्धुलीमा झाडा पखालाका कारण अकालमै ज्यान गएको थियो भने फोहोर पानी पिएका कारण झाडा पखाला लागेर अस्पतालमा उपचार गराउनेहरुको संख्या समेत बढेकाे थियाे । शिद्धेश्वर खानेपानीको चरम लापर्बाहीका कारणले सिन्धुलीमाडीमा खानेपानी आपूर्ति गर्ने पानी निजी कम्पनीहरुको व्यापार फस्टाएर गएको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा खानेपानीको व्यवस्थापन गर्न विगतमा जनस्तरबाट निर्वाचित शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ताका निर्वाचित पदाधिकारीहरु र कर्मचारीहरुको लापर्बाहीका कारण खानेपानीको समस्या समाधान हुन नसकेको आरोप स्थानीयले लगाउन थालेका छन् ।

जिल्ला सदरमुकाम सिन्धुलीमाडीका उपभोक्ताका लागि प्रयाप्त खानेपानीको प्रबर्द्धन मिलाउनका लागि एशियाली विकास बैंकको २ करोड ११ लाख ८६ हजार ऋण सहयोग, साना शहरी विकास आयोजनाको ५० प्रतिशत अनुदान, स्थानीय उपभोक्ताबाट ५ प्रतिशत नगद तथा १५ प्रतिशत, श्रमदान गरी कुल ७ करोड ७ लाख २० हजार र खानेपानी कार्यालयको करोडौंको लागतमा २-३ वटा बृहत खानेपानी आयोजनाको काम सम्पन्न भएकाे छ ।

तर नयाँ उपभोक्ताहरु बढेका कारणले खानेपानीको माग समेत बढ्दा आपूर्ती भने बढ्न सकेको छैन् । विगतमा जिल्ला सदरमुकामस्थित स्थानीय कमलामाई नगरपालिका क्षेत्रका सबै सर्वसाधारणलाई स्वच्छ खानेपानी सुविधा प्राप्त हुने भनिएता पनि व्यवहारमा भने त्यस्ताे हुन नसक्दा खानेपानीको समस्या दिनदिनै बढ्दै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here