सिनामंगलमा सामान्य विवादमा युवकलाई कैँचीले घोपेर घाइते, साथी पक्राउ

९ माघ, काठमाडौं । काठमाडौँको सिनामंगलमा सामान्य विवाद हुँदा आफ्नै साथीले एक जना युवकलाई कैँचीले घोपेर घाइते बनाएका छन् ।

कैँची प्रहारबाट सिन्धुपाल्चोकको चौतारा नगरपालिका–९ घर भई सिनामंगल बस्दै आएका २२ वर्षीय केशव तिमल्सिना गम्भीर घाइते भएका छन् ।

frontline

आइतबार दिउँसो काठमाडौँ मेडिकल कलेज नजिकै सँगै खानपिनपछि मोरङ घर भएका ३३ वर्षीय विनोद आचार्यले कैँची प्रहार गरेका थिए ।

आचार्यलाई तत्काल पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

कैँची प्रहारबाट तिमल्सिनाको पेटबाट आन्द्रा निस्किएको थियो । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । कैँची प्रहार गर्ने आचार्य फलाम वेल्डिङको काम गर्छन् । घाइते तिमल्सिना कवाडी सङ्कलनको काम गर्थे । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here