सिद्धबाबा नजिक पहिरोले जिप पुर्दा एकको मृत्यु, २ जना घाइते

श्रोत : ईन्टरनेट

मंगलबार, पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिक पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै सोमबार साँझ ७ बजेतिर हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

frontline

घटनामा परि अन्दाजी २२ बर्षका चालक स्याङ्जा वालिङका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रहरीले बताएको छ।

अन्य दुई जना सामान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाइते र शबलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ। पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here