सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी

फाइल तस्बिर

१९ भदौ, काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठकमा गठबन्धन दलले पाउने सिट संख्याका साथै निर्वाचन क्षेत्रको बाँडफाँटका विषयमा पनि छलफल भएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

frontline

न्यायोचित, सम्मानजनक र सबैले जितेको भावनाका साथ सिट बाँडफाँटले अन्तिम रूप पाउने उनले बताए। 

दुई दिन कार्यदलमा सिट बाँडफाँटका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शिर्ष तहलाई जानकारी गराउने कार्कीको भनाइ छ। 

उनले गठबन्धनले गरेको निर्णयलाई जनताले अनुमोदन गर्ने र निर्वाचनपछि मुलुक अर्को चरणमा प्रवेश गर्ने जिकिर गरेका छन्। 

सत्तारूढ गठबन्धनमा आवद्ध दलहरूले आ-आफ्नो दावीबाट पछि नहट्दा सिट बाँडफाँटको विषयमा सहमति जुट्न सकेको छैन। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here