सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै
२२ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बुधबार पनि बस्दैछ ।
बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बुधबारको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको लागि गठबन्धनका दलहरुमा सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने बताइएको छ ।
बुधवार बस्ने बैठकले प्रतिवेदन बनाएर शीर्षस्थ दलमा बुझाउने तयारी गरेको बताइएको छ ।
एक महिनादेखि जारी छलफलले सिट र क्षेत्र बाँडफाँट टुंगो लाग्न सकेको छैन । गठबन्धनका नेताहरुले सहमति नजिक पुगेको दावी गरेपनि सबै बाँडफाँड टुंगिएको छैन ।
प्रतिक्रिया दिनुहोस्