सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

९ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ। 

छिमेकी देशहरूमा कोभिड-१९ को नयाँ भेरियन्ट बीएफ ७ को संक्रमण दर दिनानुदिन बढ्दै गएकाले  जोखिमलाई मध्यनजर गर्दै उक्त आग्रह गरेको हो। अहिले इसाई धर्मालम्बीले मनाउने क्रिस्मस तथा अंग्रेजी नयाँ वर्ष २०२३ नजिकिँदै गरेको छ। 

frontline

यसको विद्यमान अवस्थालाई मध्यनजर गर्दै कोभिड-१९ को संक्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, सावुन पानीले हात धुने वा सेनिटाइजर नियमित प्रयोग गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरू नियमित पालना गर्न गराउन साथै कोभिड १९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहनु भएका जनसमुदायहरुले स्थानिय स्वास्थ्य संस्थाहरूमा सम्पर्क गरी भ्याक्सिन लगाउन मन्त्रालयले अपिल गरेको हो।
 
खुला सिमाना एवम् मानिसहरूको आवतजावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवम् नियन्त्रणका लागि सचेत हुन जरुरी रहेको प्रवक्ता डा. संजयकुमार ठाकुरले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here