सायरा बानो तीन दिनदेखि हिन्दुजा अस्पतालको आइसीयूमा भर्ना

भारत । ५४ वर्ष दिलिप कुमारसँग बिताएकी सायरा बानोका लागि अब सास फर्ने पनि मुश्किल भइरहेको छ । दिलिप कुमार बितेको लगभग दुई महिना बितिसकेको छ तर उनी पतीबियोगमा छिन् । यसको असर अब उनको स्वास्थ्यमा देखिन थालेको छ । पछिल्लो तीन दिनदेखि उनी हिन्दुजा अस्पतालको आइसीयूमा भर्ना छिन् ।

सायरा बानोको स्वास्थ्य स्थिति स्थिर रहेको बताइँदैछ तर उनको रक्तचाप साधारण छैन । अक्सिजनको स्तर पनि कम नै हुन्छ जसका कारण उनलाई सास फर्ने समस्या भइरहेको छ । सायद उनलाई थप तीन–चार दिन अस्पतालमा राख्नुपर्छ ।

frontline

उनका आफन्तले दिएको जानकारी अनुसार सायरा बानो दिलिप कुमारको निधनपछि आफैंमा हराइरहन्छिन् । उनी कसैसँग बोल्दिनन्​, न कसैलाई भेट्न मन गर्छिन् । सारा संसारलाई बिर्सेर उनले दिलिप साहबको यादलाई नै आफ्नो पूरा संसार बनाएकी छिन् ।

दुई महिना अघि ७ जुलाईमा दिलिप कुमारको मृत्युले उनका लाखौं प्रशंसकलाई पीडा दिएको थियो  । यसले विशेषगरी उनकी श्रीमती सायरा बानोलाई विक्षिप्त बनाएको थियो ।

धेरैजसो बिरामी हुन्छिन्, खासै बोल्दिनन्ः

परिवारका सदस्यका अनुसार सायरा पीडाको समुद्रमा डुबिसकेकी छिन् । यसको असर उनको स्वास्थ्यमा देखिएको छ । तीन दिनअघि खाना खाएपछि उनको स्वास्थ्य थप बिग्रिएको थियो, तसर्थ उनलाई अस्पताल लगिएको हो ।

सायरा हाल ७६ वर्षकी भइन् । तर उनले आफ्नो बढ्दो उमेर आफूमाथि हावी हुन दिएकी थिइनन् किनभने उनले आफूभन्दा २२ वर्ष जेठो दिलिप कुमारलाई सम्हाल्नुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here