सामान्य लक्षण देखिए पनि ‘ओमिक्रोन’ खतरनाक हुनसक्ने बरिष्ट चिकित्सकको चेतावनी
२४ मंसिर, नयाँ दिल्ली । सामान्य लक्षण देखिए पनि कारोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ खतरनाक हुनसक्ने एक बरिष्ट चिकित्सकले चेतावनी दिएका छन् ।
भारतको फोर्टिस अस्पतालका अध्यक्ष डा. अशोक सेठले नयाँ भेरियन्ट ‘ओमिक्रोन’मा डेल्टाभन्दा बढी भाइरसको भेरिएसन भएको दावी गरेका छन् ।
‘ओमिक्रोनमा धेरै पटक भाइरस उत्परिवर्तन भएको छ, जुन यसअघिको डेल्टा भाइरसमा थिएन,’ डा. सेठले आजतकसँग भने ।’
ओमिक्रोन भाइरस धेरै उत्परिवर्तन भएका कारण यसले आफ्नो रुप बदलिरहने उनले बताए ।
ओमिक्रोन भाइरस डेल्टाभन्दा तीन गुणा बढी संक्रमक रहेको छ । पहिला लगाएको कोरानाविरुद्दको खोपका कारण हाम्रो शरीरमा सिर्जना भएको प्रतिरोधात्मक क्षमताले ओमिक्रोनलाई भाइरस भनेर पहिचान गर्न नसक्ने समेत सेठले दावी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्