सामान्य अंकले बढ्यो शेयर बजार
८ मंसिर, काठमाडौं । काठमाडौँ बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । बजार मापक परिसूचक नेप्से १.८२ अंकले बढेर २७३४.९३ अंक पुगेको छ ।
यस्तै सेन्सेटिभ सूचकमा भने गिरावट आएको छ । सेन्सेटिभ सूचक ०.२८ अंकले घटेर ५१५.२० अंकमा झरेको छ ।
बुधबार २२७ कम्पनीका ७४,४५,२२७ कित्ता शेयर किनबेच हुँदा ४,२१,७४,१५,३३७ रुपैयाँको कारोबार भएको छ ।
बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहमा गिरावट आएको छ भने १० उपसमूहमा सामान्य वृद्धि भएको छ ।
बैंकिङ, ट्रेडिङ र लाइफ इन्स्योरेन्स समूहले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्