साफ यु-१७ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

२४ भदो, काठमाडौं । साफ यु-१७ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई पराजित गरेको छ।

श्रीलंकाको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोलले पराजित गरेको हो।

frontline

नेपालका लागि सरोज दर्लामीले ४५औं मिनेट, उनेश बुढाथोकीले ४९औं मिनेट र सुवास बमले ६८औं मिनेटमा गोल गरेका थिए। त्यसअघि भारतले २५औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। 

यससँगै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here