साथीको घरमा बेहोस भेटिएका प्रहरी जवानको मृत्यु

३२ असार, विराटनगर । विराटनगरस्थित साथीको घरमा बेहोस अवस्थामा भेटिएका एक जना प्रहरी जवानको शनिबार बिहान मृत्यु भएको छ।

पाँचथर घर भएका प्रहरी जवान २८ वर्षीय उत्तम लावती विराटनगर महानगरपालिका-१६ स्थित रामबहादुर कटुवालको घरमा बेहोस अवस्थामा भेटिएका थिए। रामबहादुरका छोरा उनका साथी हुन् 

frontline

सुतिरहेको ओछ्यानमा मुखबाट फिँज निस्किरहेको र अचेत अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको थियो। 

चिकित्सकले बिहान ७:३० बजेतिर मृत घोषित गरेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए। 

उनका अनुसार लावतीको मृत्युको कारण खुलिसकेको छैन। शव कोसी अस्पतालमै राखिएको छ। घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी कार्कीले बताए। 

नेपाल प्रहरीका जवान लावती शुक्रबार साँझ विराटनगरस्थित साथी (कटुवाल)को घर आएका थिए। 

राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि हेर्दा मुखबाट फिँज निस्किरहेको र अचेत अवस्थामा ओछ्यानमा फेला परेको प्रहरीले जनाएको छ। 

यसअघि लावती सर्लाहीमा कार्यरत थिए। झापाका लागि असार ३० गते बिहीबार रवाना लिएर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here