साथीको घरमा पाहुना आएका युवकको मृत्यु

१९ पुस, विराटनगर  । विराटनगर महानगरपालिका–४ स्थित साथीको घरमा पाहुना आएका एक जना युवकको सोमबार राति मृत्यु भएको छ । विराटनगर–१३ का २१ वर्षीय शौरव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यादव आफ्ना साथी अनोज चौधरीको घर आएका थिए । अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले राति ८ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

frontline

यादवको मृत्युको कारण खुल्न बाँकी छ । उनी लागूऔषधका सेवनकर्ता रहेको दाबी प्रहरीको छ । 

लागूऔषधको मात्रा धेरै भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here