सात वटा प्रदेशमा इन्चार्ज तोक्ने माओवादी केन्द्रको तयारी

श्रोत : ईन्टरनेट

सोमबार, काठमाण्डु । नेकपा माओवादी केन्द्रले सात वटा प्रदेशमा इन्चार्ज तोक्ने तयारी गरेको छ । आइतबार बिहान ११ बजेदेखि जारी स्थायी कमिटी बैठकले सात वटै प्रदेशमा इन्चार्ज तोक्ने तयारी गरेको हो ।

प्रदेश नम्बर १ मा राम कार्की, दुई नम्बर प्रदेशमा मातृका यादव, बागमती प्रदेशमा हितमान शाक्य वा हरिबोल गजुरेल मध्ये एक जना, गण्डकी प्रदेशमा हितराज पाण्डे, लुम्बिनी प्रदेशमा वर्षमान पुन, कर्णाली प्रदेशमा शक्तिबबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशमा खगराज भट्टकाे बलियाे सम्भावना रहेकाे स्राेतले जानकारी दियाे ।

frontline

सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाले नेकपा खारेज गरेर पूर्व एमाले र माओवादी केन्द्र ब्यूँतिएका थिए । तर, लामो समय बितिसक्दासमेत माओवादीले संगठन विस्तार र जिम्मेवारी बाँडफाँडका काम टुंगो लगाउन सकेको छैन् ।

लामो समयदेखि सांगठनिक कार्यविभाजन नहुँदा पार्टी कमिटीहरु चलायमान हुन नसकेका गुनासाे पार्टी पंक्तिमा उठ्न थालेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here