साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से परिसूचक

आइतबार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

नेप्से परिसूचक १ दशमलव २५ अंकले बढेर ३ हजार ८१ दशमलव ०५ अंकमा पुगेको छ ।

frontline

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२४ अंकले बढेको छ ।

कारोबार रकम भने १२ अर्ब रुपैयाँ नाघेको छ । यस अघिको अन्तिम कारोबार बिहीबार १० अर्ब ९० करोड रुपैयाँको मात्रै कारोबार भएको थियो ।
दिनभर भएका १ लाख १७ हजार ४९० कारोबारबाट २२६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here