साक्षर नगर घोषणा सोलुदुधकुण्ड

वडा नम्बर ७ गार्मा स्थित गार्मा माविमा आयोजना गरिएको एक कार्यक्रमका बिच नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले साक्षर नगरपालिका घोषणा गरेका हुन् । कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढि साक्षर भएको क्षेत्रलाई साक्षर क्षेत्र घोषणा गर्न मिल्ने व्यवस्था अनुरुप नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेका हुन् ।

नगरपालिकाको कुल जनसंख्या २४ हजार ३२३ मध्ये गत वर्ष सर्वेक्षण गर्दा १३ सय १२ जना निरक्षर भएको पाईएको थियो ।

frontline

निरक्षरलाई साक्षरता कक्षा सञ्चालन गरि ५६१ जना साक्षर बनाई करिब कुल जनसंख्याको ९६.९२ प्रतिशत साक्षर भएपछि साक्षर नगर घोषणा गरिएको मेयर शेर्पाले बताए । मेयर शेर्पाले सबै नागरिक साक्षर नभएकाले आगामी दिनमा साक्षरता कक्षा सञ्चालन गरि सबै नागरिक साक्षर बनाउन पहल गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले साक्षर भएका सबै नागरिकले निरक्षरलाई साक्षर बनाउन पहल गर्नुपर्ने बताए । सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईले हरेक नागरिकलाई साक्षर बनाउनका लागि आगामी वर्षमा थप बजेट व्यवस्थापन गरि साक्षर कक्षा सञ्चालन गरिने बताईन् ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत लालबाबु कवारी, प्रहरी नायाब उपरिक्षक कवित कट्वाल, राष्ट्रिय अनुसन्धानका प्रमुख देबेन्द्र खतिवडा, शशस्त्र प्रहरी नायाब उपरिक्षक दिनेश शर्मा, नगर शिक्षा शाखा प्रमुख मेघनाथ शर्मा, सोलुदुधकुण्ड नगरकार्यपालिका सदस्य तथा गार्मा माविका व्यवस्थान समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, कार्यापालिका सदस्य सरिता राई, विनोद कालिकोटे, प्रअ विनोद सिंह तामाङ, विभिन्न वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधि, नगर भित्रका विद्यालयका शिक्षक विद्यार्थीको उपस्थिती रहेको थियो ।

यस अघि नेचासल्यान गाउँपालिका जिल्लामा पहिलो पटक साक्षरता घोषणा गर्ने पहिलो स्थानिय तह बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here