साउदी विमानस्थलमा अमेरिकी राष्ट्रपतिको कफी गफ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तीन वटा खाडी मुलुकको औपचारिक भ्रमणका लागि साउदी अरेबियाको राजधानी रियाद पुगेका छन् । तीन दिने भ्रमणको क्रममा उनी आज पहिलो दिन साउदी अरेबिया, भोलि कतार र पर्सि संयुक्त अरब इमिरेट्स पुग्ने कार्यक्रम छ ।

रियाद विमानस्थलमा साउदी राजकुमार मोहम्मद बिन सलमानले राष्ट्रपति ट्रम्पको स्वागत गरेका छन् । झण्डै २४ घण्टे बसाइमा अमेरिका र साउदी अरेबियाबीच मूलतः व्यापार सम्झौता हुने बुझिएको छ । साउदीका धनाढ्यले अमेरिकामा लगानी गर्ने र अमेरिकी हतियार विशेषगरी क्षेप्यास्त्रहरु साउदी अरेबियाले खरिद गर्ने विषय राष्ट्रपतिको भ्रमणको मुख्य एजेण्डा हुने बताइएको छ ।

frontline

रियाद विमानस्थल पुगेपछि साउदी राजकुमार मोहम्मद र राष्ट्रपति ट्रम्पबीच कफी भएको थियो । सो अवसरमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र साउदी उच्च अधिकारीहरु पनि सहभागी भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here