सांसद रोकाको पहलमा रुकुम पूर्वबाट युवतीको हेलिकप्टरद्वारा उद्दार

प्रेसरका कारण घरको छतबाट खसेकी जिल्लाको पुथा उत्तरगंगा गाउपालिका-१, मैकोट नुजाङकी कविता विकालाई अचेत अवस्थामा हेलिकप्टरद्वारा उद्दार गरिएको छ । 

प्रेसरका कारण घरको छतबाट खसेर गम्भीर बनेकी विकलाई सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेको हो । 

frontline

गृह मन्त्रालयको आकस्मिक उद्दार कार्यक्रम अन्तर्गत विकलाई उद्दार गरिएको हो । गएको चैत्र २३ गते घरको चतबाट खसेकी उनको अवस्था गम्भीर रहेको थियो । 

`मैकोटको विकट गाउमा रहेकी विकलाई हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत  पुर्‍याइएको छ । गृह मन्त्रालयको आकस्मिक उद्दार कार्यक्रम अन्तर्गत उहाँलाई दलित तथा गरिव भएकै कारण उद्दार गर्न सकियो । प्रमुख जिल्ला अधिकारी राजकुमार राई लगाएत मन्त्रालयले अत्यन्तै सकारात्मक समन्वय गरेपछि युवतिलाई उद्दार गर्न सफल भएका छौं ।´ प्रतिनिधिसभा सदस्य कमला रोकाले भनिन् ।

अहिले उद्दार गरेर ल्याइएकी युवतिलाई सुर्खेत ल्याएर थप उपचार गर्न अस्पताल लगिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here