सांसद बस्नेतको पहलमा भक्तपुरमा तीन आयोजना

 विगतका नेतृत्वको समयमा भक्तपुरमा ५० लाख बजेट ल्याउन समेत नसकिने अवस्था थियो । जसले गर्दा केन्द्रीय राजधानीको रुपमा रहेको काठमाडौँ उपत्यकाभित्रकै जिल्ला भए पनि विकास र समृद्धिको यात्रामा दुर्गम जिल्ला वा ठाउँ जस्तै पहिचान बोकेको थियो भक्तपुरले ।

जिल्लाका जनताले विकास देख्नको लागि काठमाडौँ जानुपर्ने अवस्था थियो । जसमा मुख्य समस्या थियो, नेतृत्व र काम गर्ने इच्छाशक्ति । जनतप्रतिनिधिले जनताको लागि भन्दा पनि आफ्नो र आफ्नो आसपासका व्यक्तिमा सिमित हुनु नै मुख्य समस्या रहेको थियो । आफन्तवादमा रुमलिएका जनप्रतिनिधिले गर्दा जनताको तिव्र विकास र समृद्धिको यात्रामा कालो बादल लागेको थियो, जनताको चाहना तुसारापात भइरहे, भविष्य अन्धकारमय बनिरहयो ।

frontline

भुकम्पले तहसनहस भएको शहरी क्षेत्र तथा कोरोनाका कारण डामाडोल भएको मुलुकको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै जिल्लामा सञ्चालित कुनै पनि आयोजनाहरुलाई बजेटको अभाव हुन पाएन । बजेट अभावका कारण आयोजनालाई स्थगित गर्नुपर्ने अवस्था हालसम्म आएको छैन । बजेट कटौती हुने त कुरै नगरौं । बरु थपिने क्रम भने निरन्तर चलिरहेको छ । जिल्लामा भौतिक विकासको साथमा मानविय सोचको समेत विकासलाई उच्च प्राथमिकता दिइएको छ । भौतिक विकास भएरमात्र परिवर्तन सम्भव छैन भन्ने कुरालाई मध्यनजर गर्दै सामाजिक मनोविज्ञानलाई समेत परिवर्तनको खाँचो रहेको भन्दै समयको माग र आवश्यकता अनुसार चारै तिरबाट समृद्ध भक्तपुर, सुखी भक्तपुरवासीको परिकल्पनाका साथ कामहरु भइरहेका छन् ।

योसँग अबका दिनमा भक्तपुरले विकास खोज्ने भन्दा पनि विकासले भक्तपुर खोज्ने अवस्था आएको सांसद बस्नेतले बताउनुभयो । अर्थमन्त्री पौडेललाई विशेष धन्यवाद दिँदै सांसद बस्नेतले भक्तपुरको विकासमा आउने कुनै पनि समस्यालाई ठाउँको ठाउँ समाधान गरी प्रभावकारी, दिर्घकालित तथा स्थायीत्व प्रदान गर्ने गरी आयोजना सञ्चालन हुने बताउनुभयो । विकासको काममा कसैले राजनीति नगर्न आग्रह गर्दै सांसद बस्नेतले विकासको नाममा राजनीति गरी अवरोध गर्न खोजे जनताले प्रतिकार गर्ने बताउनुभयो । जिल्लामा आएको बजेट फिर्ता जान नदिने उद्घोषका साथ सांसद बस्नेतले अब भक्तपुरको विकासमा यो वा त्यो बहाना नचल्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here