सांसद तथा कर्मचारीको एन्टीजेन परीक्षण, दुई कर्मचारीमा पोजेटिभ

श्रोत : ईन्टरनेट

२७ मंसिर, काठमाडौं । संघीय संसदको अधिवेशन सुरु हुनुअघि आज सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षणको लागि एन्टीजेन परीक्षण भइरहेको छ।

सोमबार १ बजेसम्म परीक्षण गरिएकामध्ये दुईजना कर्मचारीमा एन्टीजेन पोजेटिभ आएको बताइएको छ।

frontline

सांसद, कर्मचारी तथा सुरक्षाकर्मी गरी अहिलेसम्म भएको करिब ३०० जनाको परीक्षणमा २ जना कर्मचारीको कोभिड पोजेटिभ आएको परीक्षण टिम संयोजक भोला अधिकारीले बताए। 

उनले आज र भोलिमा करिब ९०० जनाको कोभिड परीक्षण गर्न भन्दै पत्र इडिसिमा आएकोले सोहीअनुसार परीक्षण गरिएको बताए।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट परिचालन भएको स्वास्थ्यकर्मीहरूको टोलीले आज एन्टीजेन विधिबाट कोभिड परीक्षण गरिरहेको छ ।

भोलिदेखि सुरु हुने संघीय संसदको बैठकलाई लक्षित गरी सरकारले आजबाट सांसद, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक तथा अन्य सुरक्षाकर्मीहरूको कोरोना परीक्षण थालिएको हो।

परीक्षणका लागि अन्य पार्टीका सांसद  कर्मचारीहरु आइरहेको भए पनि हालसम्म कांग्रेस तर्फका सांसदहरु भने उपस्थित नभएको बताए।

यसअघि संघीय संसद् सचिवालयले भोलि देखि सुरु हुने बैठकका लागि कोभिड परीक्षण गराउन सूचना जारी गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here