सांसदहरूको पीसीआर परीक्षण

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बुधबार र बिहीबार गरि स्वाब संकलन गरिने छ ।

काठमाडौं, बैशाख २२ । प्रतिनिधिसभाका सांसदहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन शुरु गरिएको छ ।

frontline

सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण गर्न लागिएको हो ।

बुधबार सभामुख, सांसदहरु, महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरुको, संघीय संसद सचिवालयका कर्मचारीहरु तथा सभामुखको निजी सचिवालयमा कार्यरत कर्मचारीहरुको स्वाव संकलत गरिने छ ।

बिहीबार अन्तराष्ट्रिय सम्मेन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाव परीक्षण गरिने संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

डा. पाण्डेले कसैको रिपोर्ट पोजेटिभ आएमा के कसरी कस्तो व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विशेष बैठक भएकाले सो बैठकमा सबै सांसदहरुको उपस्थिति हुनुपर्ने र कुनै सांसदलाई कोभिड पोजेटिभ देखिएको अवस्थामा मतदानको व्यवस्था कसरी मिलाउने भन्ने कुरा टुंगो लगाउनुपर्ने हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन चाहेपछि संसद अधिवेशन २७ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here