सहचालकले चलाउँदा लायन्सचोकमा बस दुर्घटना

श्रोत : ईन्टरनेट

२५ कार्तिक, चितवन : चितवनको नारायणगढस्थित लायन्सचोकमा बस दुर्घटना हुनुको कारण सहचालकले चलाएको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

बाँकेको कोहलपुरबाट मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३२ नम्बरको बस बुधबार बिहान लायन्सचोकस्थित पुंगीखोलामा दुर्घटनामा परेको थियो ।

frontline

वडा प्रहरी कार्यालय नारायणगढका अनुसार शाही ट्राभल्सको बसमा ४६ जना यात्रु रहे पनि बसका चालक विनोश शर्मा सामान्य घाइते भएका छन् ।

बाँकी यात्रु सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ प्रहरी र स्थानीयले गाडीको सीसा फुटाएर यात्रुको उद्धार गरेका थिए ।

बस चलाउने सहचालक रमेश कर्ण, चालक विनोद शर्मा र दुर्घटनामा परेको बस जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

उक्त बसले लायन्सचोकमा म्याजिक भ्यान र एउटा अटोलाई ठक्कर दिएर पुंगीखोलामा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here