‘सहकारी ठगी’ प्रकरणमा श्रममन्त्री अर्याल जोडिएको कुरा उठ्यो संसद्मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्याल पनि ‘सहकारी ठगी’मा मुछिएको कुरा संसद्मा उठेको छ।

मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल  ‘सहकारी ठगी’मा मुछिएको कुरा संसद्मा उठाएका हुन्।

frontline

उनले भने, ‘श्रममन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय छ। अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सञ्चालक थिए । अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रममन्त्रीको हो भन्ने आरोप छ। समस्याग्रस्त सहकारीमाथिको छानबिन प्रभावित पार्न खोजिएको समाचार सार्वजनिक भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here