सर्वोत्तम सिमेन्टको ६० लाख कित्ता आइपीओ जारी

काठमाण्डु । सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले सर्वसाधारणका लागी ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ।

बिहीबार सम्पन्न सभाले शेयरको संरचना समेत परिवर्त गर्ने निर्णय गरेको छ।

frontline

संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुंजीको अनुपात ८७.१० : १२.९० हुने गरी मिलान गर्ने ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधिबाट जारी गर्ने निर्णय कम्पनीले गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६।७७ सम्मको मुनाफावाट १९.११८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.००६% नगद लाभांश प्रदान गर्ने निर्णय समेत गरेको छ।

सर्वोत्तमले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्ति गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here