सर्वोच्च भित्र र बाहिर व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन, एसएसपी अशोक सिंह नै फिल्डमा

श्रोत : ईन्टरनेट

२६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालत परिसर भित्र र बाहिर व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वोच्च अदालतमा कम्तिमा चार तहको सुरक्षा घेरामा प्रहरी टोली तैनाथ छन् ।

जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन चार तहको सुरक्षा घेरा बनाइएको छ । यसअघि एसपीको नेतृत्वमा सर्वोच्च अदालतमा प्रहरी परिचालन हुने गरेकामा आज काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह नै फिल्डमा खटिएका छन् ।

frontline

महान्यायाधीवक्ताको कार्यालय तर्फ र नेपाल बार एशोसिएससनको कार्यालयतर्फबाट सर्वोच्च अदालत भित्र प्रवेश गर्ने गेटहरु बन्द गरिएको छ । त्यहाँ सुरक्षाकर्मीको एउटा घेरा छ । त्यसभित्र पनि अर्को घेरामा सुरक्षाकर्मीहरु खटिएका छन् ।

सर्वोच्च अदालतको आँगन र मुख्य भवनभित्र प्रवेश गर्ने ढोका अगाडि पनि सुरक्षाकर्मीहरु तैनाथ भएको देखिन्छ ।

यसैबीच नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई फोन गरेर नेपाल बार तर्फको गेट खोलिदिन आग्रह गरेका छन् ।

‘हामी आतंककारी होइनौं, शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउनु भएन’ भन्दै उनले कुँवरलाई फोन गरेका थिए । कुँवरले भने ‘माथिको आदेश’ भएकाले गेट बन्द गरिएको बताएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here