सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाउन माग, केही वकिलहरू घाइते

फाइल तस्बिर

२ मंसिर, काठमाडौं । कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरीलाई हटाउन माग गरेका छन् । दंगा प्रहरीले भिड नियन्त्रणका नाममा वकिलहरूमाथि दमन गरेको भन्दै त्यहाँबाट बाहिर निकाल्न माग गरिएको हो ।

सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका वकिलहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा आज केही वकिलहरू घाइते भएका छन् । त्यसमध्ये नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र बारका केन्द्रीय सदस्य प्रकाश महर्जनलाई गम्भीर चोट लागेको बताइएको छ ।

frontline

वकिलहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत घाइते भएका छन् । घिमिरे सर्वोच्च बारका सचिव हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । अहिले वकिलहरूले नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here