सर्वोच्चमा भोलि फुलकोर्ट बोलाएर मंसिर १५ देखि गोला प्रथाबाट इजलास तोक्ने सहमति

८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा भोलि (बिहीबार) पूर्ण बैठक (फुलकोर्ट) बोलाएर मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति भएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकसहित अन्य न्यायाधीशहरुबीच भएको छलफलले भोलि फुलकोर्ट बैठक डाकेर मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने सहमति गरेको हो ।

frontline

प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्दै आएको उक्त सर्वाेच्चको नियमावली संशोधनसँगै राजपत्रमा प्रकाशित भइसकेको छ ।

अब, मुद्धाको पेशी गोला प्रथाबाट तोकिने भएपछि इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु इजलास फकिर्ने बताइएको छ । तर, नेपाल बार एशोसिएसन भने प्रधानन्यायाधीश जबराको राजीनामा बाहेकका सहमति नगरिने भन्दै आन्दोलनरत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here