‘सर्वदलीय बैठकबारे हामीलाई केही थाहा छैन’ : एमाले

फाइल फोटो

 ८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वदलीय बैठकबारे थाहै नभएको प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान ९ बजे वालुवाटारमा बस्नेगरी सर्वदलीय बैठकको आह्वान गरेका थिए ।

frontline

तर एमालेले भने उक्त बैठकबारे जानकारी नै प्राप्त नभएको प्रतिक्रिया दिएको हो ।

एमालेलेले एक विज्ञप्ति जारी गर्दै सर्वदलीय बैठकबारे अनविज्ञता प्रकट गरेको हो । उक्त विज्ञप्ति एमालेले आफ्नो आधिकारि फेशबुकमा राखेको छ ।

उक्त बिज्ञप्ति एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जारी गरेका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले)लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं,’ बिज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्रीले शनिबार बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएको थियो ।

एमालेले यसअघि पनि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको थियो । उसले एमालेबाट फुटेको पार्टी नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल उपस्थित कुनैपनि बैठमा सहभागी नहुने अडान लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here