सर्लाहीमा घुर ताप्‍ने क्रममा जलेर एक वृद्धाको मृत्यु

सान्केतिक तस्बिर

६ माघ, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा घुर ताप्‍ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीय देवकली साहदेवी रहेकी छिन् ।

frontline

अत्यधिक जाडोका कारण गएराति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

जाडोबाट बच्न असावधानीकपूर्वक बाल्ने आगोका कारण सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ ।

यसअघि यसैवर्ष आगलागीबाट जलेर तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here