सर्लाहीमा कांग्रेस निर्वाचन अधिकृत तोकिए

२७ कार्तिक, काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतले राजीनामा दिएपछि उनको स्थानमा नयाँ निर्वाचन अधिकृत तोकिएको छ। 

निर्वाचन अधिकृत विनोद कार्कीले शुक्रबार राजीनामा दिएपछि उनको स्थानमा दिवाकर पाण्डेय तोकिएका छन्। 

frontline

नयाँ निर्वाचन अधिकृतले जिम्मेवारी सम्हालेसँगै सर्लाहीमा वडा अधिवेशन आज हुन नसके पनि २/३ दिन भित्रै हुने कांग्रेस निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए। 

यसअघि रोकिएका जिल्लाहरुमा सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तगर्गतका वडा अधिवेशन आज सुरु हुँदैछ।

चाडबाडका कारण रोकिएको वडा अधिवेशन आज हुने पूर्व निर्धारित कार्यतालिका अनुसार सिन्धुपाल्चोकमा बाँकी रहेका वडासहित डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, रौतहट, रसुवा र पर्सामा वडा अधिवेशन आज हुन लागेको हो। 

बाँकेमा आज मनोनयन गरी भोलि वडा अधिवेशन हुने कांग्रेसले जनाएको छ। 

यी जिल्ला बाहेकका जिल्लामा कांग्रेसको वडा र पालिका अधिवेशन सकिएको छ। १३ जिल्लामा अधिवेशन सकिएर प्रतिनिधि समेत चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here