सरकारी कर्मचारी र शिक्षकलाई दलका पदाधिकारी तथा सदस्यबाट हटाउन निर्वाचन आयोगको निर्देशन

८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले सरकारी कर्मचारी र शिक्षकलाई दलका पदाधिकारी तथा सदस्यबाट हटाउन निर्देशन दिएको छ ।

आयोगले मंगलबार विज्ञप्ती निकालेर कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्यता नदिन दलहरूलाई आग्रह गरेको हो । दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन पनि आयोगले मातहतका निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

frontline

राजनीतिक दलका महाधिवेशनमा सरकारी कर्मचारी र शिक्षक निर्वाचित भएको तथा उम्मेदवार बनेको खबर सार्वजनिक भएकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता क्रियाकलाप तत्काल रोक्न निर्देशन दिएको छ ।

आयोगमा दर्ता रहेका राजनीतिक दलको पदाधिकारी तथा सदस्यको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा राख्नुपर्ने हुँदा त्यस्ता समितिमा सार्वजनिक पदमा रहेका व्यक्ति समावेश भएको पाइए उनीहरूको नाम पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउन निर्वाचन कार्यालयले सम्बन्धित दललाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसको जारी क्षेत्रीय तथा जिल्ला अधिवेशनहरूमा वहालवाला कर्मचारी र शिक्षक समेत उम्मेद्वार बनेर निर्वाचित भएको समाचारहरू सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here