सरकारलाई कांग्रेसको आग्रह : बाढीपछिको पुनर्निर्माण स्थानीय तहको नेतृत्वमा गरौं

असोज, काठमाडौं । नेपाली कांग्रेसले राहत तथा पुनः निर्माणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन कामहरु समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाएको छ ।

११ र १२ असोजको आएको वर्षाले पारेको क्षतिपछि सरकारले गर्नुपर्ने कार्यहरु उल्लेख गरेर कांग्रेसले सुझाव प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।

frontline

सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई गराइएको ध्यानाकर्षण पत्रमा भत्किएका संरचना तथा प्रभावित स्थानीयबासीसँग प्रत्यक्ष सम्पर्कमा त्यहाँकै नेतृत्व हुनुपर्ने उल्लेख छ । प्रभावित क्षेत्रमा पुनर्निर्माण सुरु हुने तर निर्माण सामग्रीहरुको अभाव हुनसक्ने वा बजार मूल्य चर्को हुनेतर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

उद्धार र राहतको कार्य संघीय र प्रदेश सरकारको सहजीकरणमा स्थानीय सकारहरूले नै नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी एकद्वार प्रणाली अनुरुप हुनुपर्ने कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

आउँदो हिउँद दृष्टिगत गरेर प्रभावितलाई जतिसक्दो चाँडै आवास प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । अस्थायी आवास निर्माण गर्न चाहने नागरिकलाई अस्थायी आवास निर्माण गर्न प्रति परिवार स्थानीय वडाको सिफारिसमा स्थानीय सरकार मार्फत् नगद दिने व्यवस्था गर्नुपर्ने कांग्रेसको ध्यानाकर्षणपत्रमा लेखिएको छ ।

बालबालिकाको मनोविज्ञानमा प्राकृतिक प्रकोपले पारेको नकारात्मक असर कम गर्न ध्यानाकर्षण गराइएको छ । उद्धार र राहतको प्राथमिक चरण लगत्तै शिक्षण संस्थाहरू सञ्चालन गर्न तथा बालबालिकाहरुका लागि मनोवैज्ञानिक कक्षाहरू सञ्चालन गर्नुपर्ने कांग्रेसको सुझाव छ ।

कांग्रेसले घोषणा गरेको ५० लाख रुपैयाँ आइतबार प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । पार्टीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ र प्रति सांसद १५ दिनको पारिश्रमिक उपलब्ध गराउने कांग्रेसले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here