सरकारद्वारा उखुको मूल्य निर्धारण, मूल्यप्रति किसानको आपत्ति

फाइल तस्बिर

२२ पुस, काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको प्रतिक्विन्टल मूल्य (सरकारी अनुदानसहित) ५९० रुपैयाँ तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

उखुको उत्पादन लागत र किसानको नाफाबापत प्रति क्विन्टल ५२० रुपैयाँ, सरकारले दिने अनुदान ६५ रुपैयाँ २८ पैसा र उखु किसान प्रवर्द्धन शिर्षकमा थप प्रति क्विन्टल ४ रुपैयाँ ७७ पैसा थप गरे र मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

frontline

कृषि मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य  तथा आपूर्ति मन्त्रालयले पेश गरेको मूल्य बुधबार बसेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको वाणिज्य मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

उखु किसान प्रवर्द्धन शीर्षकमा यो वर्ष किसानका लागि सरकारी अनुदान थप गरिएको पनि मन्त्रालयले जनाएको छ ।

‘किसानलाई खेतिमा आकर्षण गर्न सरकारले अनुदान थप गरेको हो,’ केसीले भनिन् ।

सरकारले तोकेको उखुको मूल्यप्रति उखु किसानहरुले भने आपत्ति जनाएका छन् । उखुको मूल्य निर्धारण किसानहरु लागत भन्दा पनि कम भएको उखु किसन संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम राय यादवले बताए ।

‘सरकारले हाम्रो हितमा काम गरेन, यो मूल्यले हाम्रो लागत पनि उठ्दैन’ सर्लाहीबाट उनले टेलिफोनमा भने । यसअघि उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली नेतृत्वको टोलीले उखुको प्रतिक्विन्टल मूल्य ६५० भन्दा बढी हुन पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here