समुन्द्रटार बजार बाढीको उच्च जोखिममा, रामती/घ्याङफेदी सडक पूर्ण रूपमा बन्द

६ भदौ, नुवाकोट । नुवाकोटको पूर्वी भेगमा रहेको बजार नै बाढीको चपेटामा परेको छ। जिल्लाको दुप्चेश्वर गाउँपालिकाको केन्द्र रहेको समुन्द्रटार बजार बाढीको उच्च जोखिममा परेको हो।
दुई ठूला खोलाहरूको बीचमा रहेको नुवाकोटको पुर्वी भेगको सदरमुकाम मानिने समुन्द्रटार बजार यस पटकको बाढीले जोखिम बढाएको हो।




गत साउन २४ गते रातिको अविरल वर्षासँगै आएको बाढीका कारण चन्द्रमती खोलामा आएको बाढीले निकै क्षेत्रफल जमिन कटान गरेको छ।
तीन साता अगाडि चन्द्रमती खोलाको बाढीले गरेको जमिन कटान र भदौ २ गते राति आएको बाढीले थप जमिन कटान गरेकाले बजारनै असुरक्षित हुँदै गएको गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताए।
उनका अनुसार सूर्यमति र चन्द्रमति खोलाको बीचमा रहेको बजारको गत साउन २४ र यहि भदौ २ गते राति आएको वर्षाका कारण खोला छेउका जमिनहरू अत्याधिक रुपमा कटान हुँदै गएका छन्।
गत साउनको बाढी र पहिरोका कारण क्षति भएको सडक सुरु भइसकेकोमा भदौ २ गते राति पुनः आएको अविरल वर्षा र बाढीका पुनः ग्रामीण सडकहरू पूर्ण रूपमा क्षति भएका छन्।
बाढीले स्थानीय ५० भन्दा बढी घरहरू जोखिम र हजारौ रोपनी धानखेतमा क्षति पुगेको अध्यक्ष थापाको भनाइ छ। बाढी र पहिरोका कारण बजारको टुप्पोमा रहेको समुन्द्रटार स्वास्थ्य चौकीको भवन असुरक्षित हुन पुगेको स्थानीयवासीले बताए।
समुन्द्रटार हुँदै राउतबेसी र समुन्द्रटार हुँदै रामती/घ्याङफेदी जोडिएको सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ । सडक खुलाउनका लागि छिट्टै कार्य थालिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्