समानुपातिकको बन्द सूचीबाट ३८५ जनाको नाम हटाउने आयोगको तयारी

६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट ३ सय ८५ जनाको नाम हटाउने तयारी गरेको छ ।

गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाउने र जरिवान पनि नतिर्ने ३ सय ८५ जना उम्मेदवारको नाम आयोगले हटाउने तयारी गरेको हो ।

frontline

दुवै सभाको बन्दसूचीमा नाम परेका मध्ये ४ सय ३९ जनाले समयमै निर्वाचन खर्च विवरण नबुझाएका कारण जरिवाना तिनुपर्ने सूचीमा परेका थिए ।

आयोगले उनीहरूलाई शनिबारसम्म जरिवाना बुझाउने समय तोकेको थियो । तर तोकिएको समयभित्र ५४ जनाले मात्रै जरिवाना बुझाएका छन् ।

बाँकीको नाम बन्द सूचीबाट हटाइने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो । आयोगले स्थानीय तहको निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख २३ हजार भन्दा बढी उम्मेदवारलाई डेढ लाखदेखि साढे ७ लाखसम्म जरिवाना गराउने निर्णय गरेको थियो ।

जरिवाना नतिर्ने व्यक्तिले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने आयोगको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here