समाजवादी बिधार्थी युनियन नेपालको प्रदेशको आठौं जिल्लामा बिस्तारीत बैठक सम्पन्न
मेवालाल यादव
२१ गते पुष
समाजवादी बिधार्थी युनियन नेपालको बारा जिल्ला कार्यसमितिको आयोजना तथा समाजवादी बिधार्थी युनियन नेपालको बारा जिल्ला अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षयतामा बिस्तारीत बैठक सम्पन्न भएको छ ।
बारा जिल्लाको जनता समाजवादी पार्टी नेपालको पार्टी कार्यालय कलैयामा सम्पुर्ण देशभक्त संघीय समाजवादी , बिधार्थीहरु एकजुट हाअौ संघीयता , सुशासन , समाजिक, न्याय र समाजवाद नाराको साथ समाजवादी बिधार्थी युनियन नेपालको मधेस प्रदेशको पर्सा , बारा, रौतहट , सर्लाही , महोत्तरी , धनुषा , सिरहा , सप्तरी लगायत विभिन्न जिल्लामा आज बिस्तारीत बैठक सम्पन्न भएको छ ।
बिशिस्ट अतिथि , समाजवादी बिधार्थी युनियन नेपालको केन्द्रिय सचिव तथा प्रदेशको उपाध्यक्ष ललन यादवले बिस्तारीत बैठकलाई सम्बोधन गर्दै
मधेस प्रदेश सरकार विभिन्न जाति धर्मवर्गको अधिकारको संरक्षण गर्दै आरक्षणको व्यवस्था जनता समाजवादी पार्टी नेपालले दिलाएका छन ।प्रहरी प्रशासन ऐन एवम् निजामती कर्मचारी ऐन संशोधन नभएको बताएका छन् ।
जनता समाजवादी पार्टी नेपालले आफ्नो लडाइ लडेर संघीयता देशमा लियाएको तथा संघीयताको कारण देश भरिमा बिधार्थी छात्रवृत्ति वितरण , मुस्लिम कोटा , दलित आरक्षण भएको ललन यादवले बताउनु भयो। समाजवादी बिधार्थी युनियन नेपालको बाराको बिस्तारीत बैठकबाट गठन तथा पुर्न गठन गर्ने ,सदस्ययता वितरण गर्ने , जिल्ला अधिवेशन र बिभिध सम्बन्धमा समाजवादी बिधार्थी युनियन नेपालको बारा जिल्ला सदस्यहरुलाई यस बारेमा बताएका छन् ।
सो बिस्तारीत बैठक कार्यक्रममा प्रमुख अतिथि पुर्व मा. आत्माराम साह, बिधार्थी युनियन प्रदेश सद्स्य नितेश यादव , महागढिमाइ नगरपालिकाको नगर अध्यक्ष सन्कर यादव, नगर सचीव सुरेश चौधरी सह, सचीव जितेन्द्र साह, रोहन जैसवाल लगायत समाजवादी बिधार्थी युनियन नेपालको कार्याकर्ता तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्