सबै उपमेयरलाई स्थानीय तहको चुनावमा मेयरको उम्मेदवार बनाउन प्रधानमन्त्री पत्‍नीको आग्रह

फाइल तस्बिर

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री पत्नी डा. आरजु राणाले सबै उपमेयरलाई स्थानीय तहको चुनावमा मेयरको उम्मेदवार बनाउन दलहरुसँग अग्रह गरेकी छन्। त्यसका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पहल थाल्ने उनले बताइन्।

सम्पर्क भारत नेपालले काठमाडौंमा आयोजना गरेको राजनीतिमा महिला सहभागिताः चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा उनले यस्तो बताइन्।

frontline

महिला उमेदवारका लागि ‘मनी, मसल र पावर’ ठूलो चुनौती रहेको डा. राणाले बताइन्। ‘चुनावमा अचार संहिता मिच्नेलाई कडा कारबाही गर्नुपर्छ।

चुनावमा ठूला नेताहरुले हेलिकप्टर प्रयोग गरेको जनताले देख्छन् तर आयोगले प्रतिवेदन बनाउँछन्। प्रतिवेदन दराजमा थन्काइन्छन्,’ उनले भनिन्, ‘नेताहरुले चुनावमा हेलिकप्टर प्रयोग गर्ने स्रोतको पनि खोज्नुपर्छ।’ 

महिलाहरुले प्रत्यक्ष चुनाव जित्न सक्दैन भन्ने मान्सिकता त्याग्नुपर्ने उनले बताइन्। ‘ल, ल आन्दोलनमा २-३ ट्रक महिलाहरु ल्याउ भन्दै नेताहरु फोन गर्छन्।

आन्दोलनमा पुरुष सँगसँगै लडेका महिलालाई उनीहरुले सत्ता र अधिकार दिन चाहँदैन, उनले भनिन्, ‘सीता र सावित्रीको भूमिकामा बसेरमात्रै भएन महिलाहरुले राजनीतिमा दूर्गा र कालीको शक्ति देखाएर सक्षम बन्नुपर्छ।’ 

फर्केर हेर्ने हो भने महिलाहरु समाजमा शक्तिशाली रहेको इतिहास उनले उल्लेख गरिन्। ‘राजनीतिमा लागेका महिलाहरुलाई एक पटक स्थान दिएर हुँदैन।

उनीहरुलाई अगाडि बढाउन पार्टी र पार्टी बाहिरबाट सधैं सहयोग गर्नु पर्छ,’ महिलाहरुलाई विचार भनेर होइन, उनका कमजोरी पक्षलाई सक्षम बनाउन सबैले सहयोग गरौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here