सबैले भन्नेछन् ‘म राप्रपाको कार्यकर्ता’ : राजेन्द्र लिङ्देन

श्रोत : ईन्टरनेट

१८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले पार्टीमा कुनैपनि गुट नरहने दावी गरेका छन् ।

भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशन अन्तर्गत निर्वाचनको पूर्वसन्ध्यामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

frontline

उनले राप्रपामा कुनै पनि नेताको मान्छेभन्दा पनि राप्रपाको कार्यकर्ता भन्ने बनाउन लागि परेको पनि बताए । आफू नेतृत्वमा आए राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य कुनै पनि गुटको कार्यकर्ता बन्नु नपर्ने उनले दावी गरे ।

हिजोको दिनमा आफू पनि कमल थापाको मान्छे भन्दै हिडेको स्मरण गर्दै अब त्यस्तो कुनै नेताको कार्यकर्ता वा गुटको कार्यकर्ता भन्दै हिड्ने दिनको अन्त्य गर्नुपर्ने उल्लेख गरे ।

‘हिजोसम्म हामी कहाँ राप्रपाको मान्छे थियौँ र म हिजो कमल थापाको मान्छे । त्यो भन्दा केही अघि लोकेन्द्र बहादुर चन्दको मान्छे सुर्यबहादुरको मान्छे,’ उनले भने, ‘हामी अब गुटविन राप्रा चाहान्छौँ। यो महाधिवेशन सकिएर घर फर्किदा हरेक मान्छे राप्रपाको मन्छे भएर फर्किन्छ।’

राप्रपाको महाधिवेशन ४ दिन देखि काठमाडौंमा जारी छ । शनिबर (आज) नयाँ नेतृत्व चुन्नका लागि निर्वाचन हुँदै छ । नेतृत्व चुन्नका लागि देशैभरबाट महाधिवेशन प्रतिनिधि काठमाडौं आएका छन् ।

बिहान ८:३० बजेबाटै हुने भनिएको मतदान अहिलेसम्म पनि हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here