सबैजना लड्ने र नमिल्ने भए म पार्टीबाट बिदा हुन्छु : रामचन्द्र पौडेल

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिका चार आकांक्षी नमिल्ने अवस्था भए आफू पार्टीबाटै बिदा हुन सक्ने बताएका छन् ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेको नेता डा. रामशरण महतले जानकारी दिए ।

frontline

“सबैजना लड्ने र नमिल्ने भए म पार्टीबाट बिदा हुन्छु, अलग हुन्छु म अब घरमै आराम गर्छु भनेर भन्नुभयो,” नेता महतले पत्रकारसँग कुरा गर्दै भने, “अहिलेसम्मको अवस्था हेर्दा मिल्ने देखिँदैन । सबैजना आ आफ्नो अडानमा हुनुहुन्छ ।” 

पौडेलले भने केही प्रतिक्रिया दिएका छैनन् ।

महतका अनुसार पौडेलले एउटै उमेदवार बन्ने भए आफू त्याग गर्न तयार रहेको तर कसैले पनि अडान नछाड्ने हो भने आफूसँग दुईवटा विकल्प रहेको बताएका थिए ।

एउटा सबैसँग उमेदवार हुने, अर्को पार्टीबाट बिदा लिएर घरमा बस्ने । उनले संस्थापनइतर समूहबाट एकजनामात्रै उमेदवार बन्नुपर्ने बताएका थिए ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here